दाङमा ‘ए’ डिभिजन लिग फुटबल सुरु
दाङमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब अनलाइनबाटै ओपिडी टिकट सेवा सुरु पाइने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनले अस्पतालको मोबाइल एपबाट मङ्गलबार टिकट काटेर सेवाको शुभारम्भ गर्नुभएको हो ।
बेतबाँसबाट राम्रो आम्दानी
दाङको लमही बड्का घुम्ना निवासी अनुशा चौधरीलाई गाउँ छेउमा रहेको बेतबाँसको वनको महत्वको बारेमा खासै चासो र जानकारी थिएन ।
बाँकेमा एक सय ७२ मुद्दा दर्ता, १२७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा विभिन्न अपराधसम्बन्धी एक सय ७२ मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना
रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो ।
कोहलपुरमा खानेपानी सङ्कट, मागको आधा वितरण
बाँकेको कोहलपुरमा खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले खानेपानीको सङ्कट चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल दैनिक ५० लाख लिटर पानीको माग हुने गरेकोमा त्यसको आधा जति मात्रै अर्थात् दैनिक करिब २६–२७ लाख लिटर पानी वितरण भइरहेको जनाएको छ ।
ठेकेदारको बदमासीले ठेक्का लागेको दश वर्षदेखि गुल्मीको सडक अलपत्र
२०७१ सालमा टेन्डर लागेको सडक कालोपत्रे अझै पनि निर्माण हुन सकेको छैन । २०७२ चैत ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजार ७० रुपियाँमा लोहनी एन्ड ब्रर्दश प्रालि चितवनले २०७१ असार ३१ गते सम्झौता गरेको थियो । तर अझै सडक कालोपत्रे हुन सकेको छैन ।
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ ।
सङ्कटमा तानसेनका सम्पदा
सेनकालीन कला, संस्कृति र इतिहास बोकेको पाल्पाको तानसेनको ऐतिहासिक र सांस्कृतिक सम्पदा खस्कँदो अवस्थामा रहेको छ । यसको संरक्षणमा सम्बद्ध पक्षको खासै चासो पुग्न सकेको छैन । तानसेनको ऐतिहासिकता, कला र सांस्कृतिक सम्पदाको दुईहप्ते अध्ययनपछिको प्रारम्भिक निष्कर्षमा यस्तो तथ्य सार्वजनिक भएको हो । काठमाडौँ इन्जिनियरिङ कलेजका विद्यार्थी तथा प्राध्यापकको टोलीले तानसेनको दुईहप्ते अध्ययन र अवलोकन गरेको छ । कलेजका ४६ जना विद्यार्थी र चार जना प्राध्यापकको टोलीले तानसेनका ऐतिहासिक तथा सांस्कृतिक अध्ययन र अवलोकन गरेका थिए । सोसम्बन्धी प्रतिवेदन तयार पारी तानसेन नगरपालिकालाई बुझाइने जनाइएको छ ।
कोहलपुर पूर्ण खोप सुनिश्चितता घोषणा
कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।
रोजगार प्रवर्द्धन गर्न ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम
नेपालगन्ज उपमहानगरपालिकाले रोजगारी प्रवर्द्धन गर्न ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम सुरु गर्ने भएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि जेष्ठ नागरिकलाई सास्ती
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भने राष्ट्रिय परिचयपत्र बनाउनका लागि ९० वर्ष सम्मका वृद्धवृद्धा पनि लाइनमा बसेको देखिन्छ ।
कालीगण्डकी कोरिडोर पहिरोले अवरुद्ध
जिल्लाको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर अर्वेनी सडक खण्डको गरगरेमा सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
झिंझरी खोला कटान क्षेत्रमा तटबन्धन निर्माण
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित झिंझरी खोलामा तटबन्धन निर्माण गरिएको छ ।
घाँसखेतीबाट मनग्य आम्दानी लिँदै गुल्मीका गोपाल
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्नुहुन्छ ।
बाँकेमा झन् चर्कियो रगत अभाव
बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ । रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापव्रmमका कारण रक्तदान हुने व्रmम घटेपछि रगत अभाव झनै चर्किएको रेग्मीले बताउनुभयो । उहाँले गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पु¥याउनै समस्या भइरहेको जनाउँदै अहिले रक्तसञ्चार केन्द्रमा विभिन्न गु्रपका निकै कम मात्रामा रगत मौज्दात रहेको बताउनुभयो ।
कृषि र रोजगारीलाई प्राथमिकता
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा कृषिलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ । घोराही उपमहानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कृषिको विकासका लागि पालिकाभित्र कृषियोग्य भूमिमा नियमित सिँचाइ गर्न नगर क्षेत्रभित्र रहेका सम्भावित खोला, सिमसारलगायत क्षेत्रमा पानीको मुहान संरक्षण, भूमिगत जलभण्डार स्थिर राख्नु साथै सिँचाइ, पर्यटन, रोजगारी सिर्जना ग
आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी
नेपालगन्जस्थित फत्ते बाल आँखा अस्पतालमा सानो समयमै सय जनाभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरिएको छ । सेवा प्रभावकारी बन्दै गएपछि सेवा लिने दिनदिनै बढ्दै गएको अस्पतालले जनाएको छ । फत्ते बाल आँखा अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले अस्पतालमा सुरु गरिएको आँखाको नानी प्रत्यारोपण सेवा सफल हुँदै गएपछि नानी प्रत्यारोपणका लागि आउने बिरामी बढेको बताउनुभयो । उहाँले क्यामिकल इन्जुरीका कारण आउने बिरामीको कर्नियाको सर्जरीलगायत कर्नियाको धेरै प्रकारका सर्जरी सेवा अस्पतालले प्रदान गरिरहेको बताउनुभयो ।
मौरीपालन व्यवसायबाट पहिचानसँगै आम्दानी
दाङको घोराही उपमहानगरपालिका–१५, काठेकोहल निवासी विष्णु श्रेष्ठ मौरीपालन व्यवसायी हुनुहुन्छ । कम मेहनतमा राम्रो आम्दानी लिन सकिने मौरीपालन व्यवसायसँग जोडिएका श्रेष्ठले मौरीपालनलाई मह उत्पादनसँग जोडेर व्यवसाय गर्दै आउनुभएको छ । २०५१ सालमा ४२ घार मौरी ल्याएर व्यावसायिक उत्पादनमा लाग्नुभएका उहाँले अहिले राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले १५० घार मौरी छन् भने मह प्रशोधन उद्योगसमेत स्थापना गरेर मह खरिदबिक्रीको समेत कारोबार गर्दै आउनुभएको छ । साथै उहाँले मौरीपालक किसानलाई चाहिने मौरीका घार, मदानी, आधार चाकासमेत बनाउँदै बिक्री गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार दाङ जिल्लामा चिउरी, रुदेलो, तोरी र गोरक्ष बुटीको मह उत्पादन हुने भएकाले मौरीपालनका लागि उपयुक्त मानिन्छ । यसरी उत्पादन गरिएको मह घोराही र काठमाडौँबाट बिक्री गरेको श्रेष्ठले
सवारी जरिवाना बैङ्कबाट तिर्ने व्यवस्था लागू
जिल्लामा सवारी कारबाहीमा तिर्नुपर्ने जरिवाना बैङ्क मार्फत तिर्नुपर्ने व्यवस्था गरिएको छ । असार १ गतेदेखि लागु हुने गरी जिल्लामा सवारी नियम उल्लङ्घन कसुरको जरिवाना बापत राजश्व सङ्कलनलाई बैङ्किङ प्रणालीमा परिवर्तन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
फुस्रो चैते चरा
रोल्पा सुनछहरी गाउँपालिका–३ स्थित बहिरीगामको जङ्गलमा समुद्री सतहदेखी दुई हजार आठ सय ५० मीटरको उचाइमा देखिएको फुस्रो चैते चरा ।
सहरी स्वास्थ्य केन्द्रको भवन प्रयोगविहीन
सहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निमार्ण गरिएको सहरी स्वास्थ्य केन्द्रको भवन लागूऔषध प्रयोगकर्ताको अखडा बनेको छ। घोराही उपमहानगरपालिका–१५ उत्साह टोलमा ५२ लाख २० हजार रुपियाँ खर्च गरेर निमार्ण गरिएको ४ कोठे भवन संरक्षण नहुँदा लागूऔषध प्रयोगकर्ताको अखडा बन्न पुगेको हो ।
वडास्तरीय पुरुष भलिबलको उपाधि रम्भा–१ लाई
जिल्लाको रामपुर नगरपालिका–४, मा भएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रम्भा गाउँपालिका–१ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा रामपुर नगरपालिका–१० लाई ३–१ सेटले हराउँदै उपाधि जित्न सफल भएको हो ।
ज्येष्ठ नागरिकका लागि सङ्घ स्थापना
ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधा व्यवस्थापनका लागि ज्येष्ठ नागरिक सङ्घ गठन गरिएको छ ।