नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असार ४ गते । बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ । रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापव्रmमका कारण रक्तदान हुने व्रmम घटेपछि रगत अभाव झनै चर्किएको रेग्मीले बताउनुभयो ।
उहाँले गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पु¥याउनै समस्या भइरहेको जनाउँदै अहिले रक्तसञ्चार केन्द्रमा विभिन्न गु्रपका निकै कम मात्रामा रगत मौज्दात रहेको बताउनुभयो ।
उहाँले खास गरी चाडपर्वका बेला र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गरेकाले रगतको माग पूरा गर्न नै हम्मे हम्मे परेको बताउनुभयो ।
रक्तदानको भरमा रहेको ब्लड बैङ्कमा माग अनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ । बिरामीका आफन्तले आफैँ रगत खोज्न जानुपर्ने हुँदा कतिपय अवस्थामा रगत पाउन धेरै समय पनि लाग्ने गरेकाले बिरामीको अवस्था झन् गम्भीर हुने गरेको चिकित्सकले बताएका छन् ।
थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
कुनै ठुलो घटना दुर्घटना भएमा रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त मौज्दात नरहेकाले चिन्ता बढाएको सो केन्द्रका प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “रगत माग हुँदा मौज्दात अभावले बिरामीका आफन्तलाई नै ल्याउ भन्नु परेको छ । रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।”
रक्तसञ्चार केन्द्रमा रगतको उपलब्ध नहुँदा सामाजिक सञ्जालमा समेत रक्तदानका लागि पटक पटक आह्वान गर्ने गरिएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत मौज्दात हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले नेपालगन्जस्थित ब्लड बैङ्कमा हाल तीन हजार पिन्ट बढी रगत स्टक गर्न सक्ने क्षमता विस्तार गरिए पनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको बताउनुभयो ।
नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि १०० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । सो माग पूरा गर्न दैनिक जसो सोही मात्रामा रगत सङ्कलन हुने गरी रक्तदान पनि आवश्यक छ ।
नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ ।
रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८।७९ मा १६ हजार ७८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९।८० मा १८ हजार ७५७ पिन्ट रगत वितरण गरेको थियो ।