• १४ असार २०८१, शुक्रबार

एकीकृत समाजवादी बाँकेद्वारा महाधिवेशन प्रतिनिधि छनोट

blog

महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेर बधाई तथा शुभकामना दिँदै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ८ गते। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाँकेले १० औँ महाधिवेशनका लागि १९ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ।

नेकपा (एकीकृत समाजवादी) बाँकेका सचिव दीपक जिएमका अनुसार क्षेत्र नम्बर १ बाट दलितबाट रामकृष्ण विक, युवाबाट प्रेम कुमारी शाही, महिलाबाट मञ्जु कोइराला, खुलाबाट भगवती अधिकारी, दीपक शाही, शिव डाँगी, दीपक शाही सहित आठ जना प्रतिनिधि सर्वसम्मत रूपमा चुनिएका छन्। 

क्षेत्र नम्बर दुई बाट डम्बर थापा मगर, लक्ष्मणप्रसाद गौतम, बिन्द्र बहादुर यादव, निलम ज्ञवाली सहित चार जना र क्षेत्र नम्बर तीन बाट इन्द्र बहादुर थापा, दीपक जिएम, कर्ण बहादुर खत्री, मकवुल खाँ, सन्त बहादुर विक, भगवती शाहसहित छ जना र मजदुर फाँटबाट रत्ना गिरीसहित १९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएका छन्। 

विजयी प्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्नुका साथै टीका लगाई बधाई तथा शुभकामना प्रदान गरिएको सचिव जिएमले बताउनुभयो। एकीकृत समाजवादीको दसौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ।