• १२ असोज २०८१, शनिबार

सत्तासमीकरण २०८४ सालसम्म निरन्तर : महासचिव पोख्रेल

blog

नेकपा (एमाले)का महासचिव शंकर पोख्रेल

गोकर्ण पौडेल
तुलसिपुर, असार ८ गते ।
 नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले २०८४ सम्म नै सत्तासमीकरण यथावत् रहने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण गर्नुहुँदै महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४को निर्वाचन पछिसमेत कायम रहने बताउनुभयो ।

उहाँले देशमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभयो । एमालेका महासचिव पोख्रेलले दाङको टरिगाँउ विमानस्थलको विस्तारमा अहिलेको नीति र कार्यक्रमले प्राथमिकता दिएको बताउनुभयो । उहाँले दाङको सडक पूर्वाधारमा बजेटमा समावेश भएको बताउनुभयो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोख्रेलले सातवटै प्रदेशमध्ये लुम्बिनीले मात्रै संरचना निर्माणको कामलाई अघि बढाएको बताउनुभयो । उहाँले दाङको सिँचाइ र खानेपानी दीर्घकालीन समाधानका लागि ग्वारखोला जलाशयलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले राजनीतिक स्थायित्वका लागि बलियाशक्ति एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले दाङको विकासमा सम्पूर्ण एकजुट हुनुपर्ने बताउनुभयो । श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रम सम्पन्न । २०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते भएका एमालेका तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणि आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो ।