• १३ असार २०८१, बिहिबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

blog

रेखीराम राना
तानसेन, असार ५ गते । 
पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् ।

कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । घर नजिकैको जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही स्थानका ३४ वर्षीय टोपबहादुर कुमाल घाइते भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा ईश्वरको घरबाट एकनाले भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।