• ७ कात्तिक २०८१, बुधबार

भरुवा बन्दुक फेला

blog

बैजापुर प्रहरीले बरामद गरेको एकनाले भरुवा बन्दुक । तस्बिरः बाँके प्रहरी

गजेन्द्र गुरुङ

खजुरा, जेठ ३१ गते । बाँकेको सामुदायिक वनमा लुपाइछिापाइ राखेको अवस्थामा एक थान बेवारिसे भरुवा बन्दुक फेला परेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका –५ स्थित सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समुह र सुनखोली सामुदायिक वन उपभोक्ता समूहको सिमानाबाट बेवारिसे अवस्थाको एक थान भरुवा बन्दुक फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बैजापुरका प्रमुख प्रहरी नायब निरीक्षक भद्रसिंह वलीले सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समुह र सुनखोली सामुदायिक वन उपभोक्ता समुहको सिमानास्थित कुसुमको रुखबाट बिहीबार बिहान बेवारिसे अवस्थामा एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको बताउनुभयो ।

स्थानीयले सो बन्दुक त्यहाँ रहेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुग्दा कुसुमको रुखको हाँगामा बानेर राखेको अवस्थामा लोड नगरिएको खाली बेवारिसे बन्दुक फेला पारेको उहाँले जानकारी दिनुभयो । प्रनानि वलीले जङ्गली जनावर चोरी शिकारी गर्ने उद्देश्यले कसैले उक्त रुखको हाँगामा बाँधेर राखेको हुनसक्ने बताउनुभयो । 

प्रहरीले केही समय पहिले पनि सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समूहकै जङ्गल क्षेत्रमा लुकाएर राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको थियो ।