• १९ असार २०८१, बुधबार

नदीमा डुबेर भारतीय किशोरको मृत्यु

blog

रेखीराम राना

तानसेन, जेठ २७ गते । पाल्पामा पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर पुनः एक जना भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर थाना, सैजन्वा बस्ने १५ वर्षका आर्यन कुमार रहेको प्रहरीले जनाएको छ । 

आइतबार दिउँसो आफ्ना १५–१६ जना साथीसँगै पाल्पा तिनाउ –३, ड्यामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा किशोर बेपत्ता हुनुभएको थियो । बेपत्तापछि खोजी गर्ने क्रममा नजिकै उहाँको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

एक दिनअघि पनि तिनाउ –३, झुम्सामा एक जना भारतीय नागरिकको डुबेर मृत्यु भएको थियो । योसँगै यो वर्ष तिनाउ नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ । 

उक्त क्षेत्रमा दिनहुँजसो डुबेर मानिसको मृत्यु हुने गरेको छ । प्रहरी र स्थानीय बासिन्दाले पौडी नखेल्न आग्रह गरे पनि अटेर गरेर तिनाउमा गर्मी छल्नका लागि नुहाउन जाने गरेको प्रहरीले जनाएको छ ।