सुजल श्रेष्ठ
प्युठान, जेठ २२ गते । नेकपा (एमाले) प्युठानको अध्यक्ष र उपाध्यक्ष चयन गर्न मतदान सुरु भएको छ । मतदानका लागि जिल्लाभरका ६४ वडा र जनवर्गीय सङ्गठनबाट ५३९ प्रतिनिधि छनोट भएर मतदानमा सहभागी भएका छन् । बिहान ९ बजेदेखि मतदान भइरहेको छ ।
अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । हालका वर्तमान अध्यक्ष विजय विराज विष्ट, प्रदेश सदस्य मधुर शर्मा र पूर्व प्रदेश सदस्य अजय सिंहले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी, उपाध्यक्षका लागि माधव शर्मा, नेगन सिंह कवरले उम्मेदवारी दिनुभएको छ । सचिव इन्द्रमणी पोख्रेल, उप–सचिव हिरामणी भण्डारी र उप–सचिव इश्वरा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, ८९ सदस्यीय जिल्ला कमिटीमा सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् । दशौं अधिवेशनको आइतबार महासचिव शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो ।