रमेश विश्वकर्मा
गुल्मी, जेठ २० गते । गुल्मीमा शनिबार राति पानीसहित आएको हावाहुरले पीपलको रुख ढल्दा एक घरमा क्षति पुर्याएको छ । राती ९ बजे आएको हावाहुरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० मोहोराईका विजय कुँवरको घरगोठमा क्षति पुर्याएको हो ।
कुँवरको घरमाथि रहेको पीपलको रुख ढल्दा उहाँको तीन तले घर पूर्णरुपमा क्षति भएको वडाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिनुभयो । चार जनाको परिवार त्यस घरमा बस्दै आउनुभएको थियो । मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।
घटनाबारेमा जानकारी पाउनासाथ जनप्रतिनिधि र प्रहरी टोली घटनास्थलमा पुगेका थिए । पीपलको रुखले घर च्यापिदा लाखौंको क्षति भएको छ । कुँवर परिवार छिमेकी नेत्र थापाको घरमा बसेको प्रहरीले जनाएको छ ।