• १२ मंसिर २०८१, बुधबार

हावाहुरीका कारण ४७ घरमा क्षति

blog

हावाहुरीले गरेको क्षतिबारे अनुगमन गर्दै गाउँपालिका अध्यक्ष । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ १५ गते । कपिलवस्तुमा हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । विजयनगर गाउँपालिकाको ४ वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । 

गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६ मा बढी क्षति पुगाएको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । बस्तीमा कच्ची र टिनका घरको छानो, कुखुरा फर्म र एक विद्यालयमा क्षति भएको छ । 

वडा नम्बर ३ दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । सुनारको अन्दाजी ८ वर्षीय छोरीको टाउकोमा चोट लागी घाइते हुनु भएको छ । ९ वटा विद्युतको पोल ढलेको छ । क्षति भएका घरमा तत्काल बस्न मिल्नेगरी प्रबन्ध गर्ने अध्यक्ष थापाले बताउनुभयो । 

जिल्लाको अन्य स्थानको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।