• १२ मंसिर २०८१, बुधबार

पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

blog

बर्दिया, जेठ १५ गते । पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका-९ मधुरा बस्ने १६ वर्षका अरविन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । रासस