• १३ साउन २०८१, आइतबार

गर्मी बढेपछि विद्यालय बिदा

blog

साङ्केतिक तस्बिर

गोकर्ण पौडेल
तुलसिपुर, जेठ १७ गते ।
तापक्रम बढ्दै गएपछि  दाङ जिल्लाका पालिकाहरूले विद्यालय बिदा गरेका छन् । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले विद्यालय बिदा गरेका हुन् ।

त्यस्तै, तुलसिपुर उपमहानगरपालिकाले शुक्रबारदेखि जेठ २२ गते सोमबारसम्म विद्यालय बन्द गरेको छ । शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले तापक्रम बढेका कारण विद्यार्थीहरुमा समस्या देखिएकाले विद्यालय बिदा दिइएको बताउनुभयो ।

त्यस्तै, लमही नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म विद्यालय बिदा दिएको छ । जिल्लाका अन्य पालिकाले समेत शुक्रबारदेखि बिदा दिन थालेका छन्  ।