कृषिप्रधान देशमा कृषि ऐन छैन : मन्त्री भुसाल
कृषि तथा पशुपंछी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
‘संलग्न जोसुकैमाथि कारबाही गर्न सरकार दृढ छ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र गठबन्ध दलबीचको सम्बन्धमा समस्या नआउने बताउनुभएको छ । यस काण्डमा संलग्न जोसुकैमाथि कारबाही गर्न सरकार दृढ रहेको उहाँले स्पष्ट पार्नुभयो ।
शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ।
कम्युनिष्ट आन्दोलनमा स्व. चौलागाईंको महत्त्वपूर्ण योगदान : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताउनुभएको छ ।
भ्रष्टाचार विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका मुद्दामा छानबिन र अनुसन्धान हुनु उचित भएको बताउनुभएको छ ।
गण्डकी योजना आयोग उपाध्यक्षले लिनुभयो शपथ
गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा. कृष्ण देवकोटाले शपथ लिनुभएको छ ।
कायस्थको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ । आगामी जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
आज नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता परिवर्तन
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता परिवर्तन गरेको छ ।
एमालेको बैठक आज बिहान १० बजे बस्दै
नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज केन्द्रीय कार्यालय, च्यासलमा बिहान १० बजेबाट बस्ने भएको छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
राजनीतिक मुद्दा फिर्तासम्बन्धी विधेयक संसदमा
सरकारले विभिन्न समयमा राजनीतिक दल वा समूहसँग गरेका सम्झौता अनुसार मुद्दा फिर्ता लिनका लागि फौजदारी कार्यविधि संहिता संशोधनको प्रस्ताव गरेको छ ।
कांग्रेसले नेता खाणमाथि अनुसन्धानपछि कारबाहीबारे निर्णय गर्ने
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई बुधबार निलम्बन गरेको छ ।
पूर्वगृहमन्त्री खाणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिँदै
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पक्राउ गरेको छ ।
नागरिकता विधेयकका विषयमा कानुनविद्सँग राष्ट्रपतिको परामर्श
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयकको विषयमा संविधान तथा कानुनविदसँग परामर्श लिनुभएको छ।
दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्याइने छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्याउने बताउनु भएको छ ।
मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ।
संसद सञ्चालनको विषयमा छलफल भयो : नेता लेखक
नेपाली कांग्रेसका नेता एवम् संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताका बीचमा संसदभित्रका विषयमा छलफल भएको बताउनुभएको छ।
भ्रष्टाचार नियन्त्रण नगरेसम्म समृद्धि प्राप्त गर्न सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन स्थापित गर्ने, समृद्धिको लक्ष्य हासिल गर्ने र सामाजिक न्याय स्थापित गर्नेमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
पूर्व गृहमन्त्री खाण र उहाँका सचिव केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण: झुटा समाचारको भ्रममा नपर्न प्रहरीको अनुरोध
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धमा आएका झुटा समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ।
गठबन्धनका मन्त्री र सांसद एकै ठाउँमा भेला
गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममै रहेको अवस्थामा नेपाली कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नछुटोस्, निर्दोष नपरोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताउनुभएको छ।