सन्तोष सुवेदी
कास्की, वैशाख २८ गते । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा. कृष्ण देवकोटाले शपथ लिनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई शपथ गराउनुभएको हो ।
गोरखा पालुङटार–३ घर भएका देवकोटालाई सरकारले आइतबार आयोगको उपाध्यक्षमा पदमा नियुक्त गरेको थियो । उपाध्यक्षमा देवकोटालाई नियुक्त गरेपनि अन्य सदस्य नियुक्त हुन बाँकी छ ।