मिटरब्याज कसुरमा सात वर्ष कैद प्रस्ताव
मिटरब्याजपीडितसँग भएको सम्झौताअनुसार कारोबारलाई कसुर परिभाषित गर्नेगरी अध्यादेश जारी भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नुभएको हो। अध्यादेशले मिटरब्याजलाई अनुचित लेनदेनमा परिभाषित गरेको छ। जाँचबुझ आयोगले काम सुरु गरेसँगै सरकारले अध्यादेश सिफारिस गरेको थियो। सिफारिसलगत्तै अध्यादेश जारी भएको हो।
सरकारपिच्छे योजना : सुकुम्बासी बागमती किनारमै
काठमाडौँ महानगरपालिका–११, थापाथलीको सुकुम्बासी बस्ती स्थानान्तरणका लागि नागार्जुन नगरपालिका–१, रानीवनमा अपार्टमेन्ट निर्माण गरिएको नौ वर्ष भयो । सहरी विकास मन्त्रालयका अनुसार करिब १२ करोड रुपियाँको लागतमा सहरी विकास तथा भवन निर्माण विभागले बनाएको भवन २०७७ माघ १३ गतेदेखि मानव सेवा आश्रमलाई प्रयोग गर्न दिएको छ ।
सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनःदरखास्त आह्वान
लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ।
सूचना प्रविधि विधेयकका प्रावधानमा सचेत हुनुपर्ने सरोकारवालाको भनाइ
आगामी संसद अधिवेशनमा पेश हुने तयारीमा रहेका आम सञ्चार र सूचना प्रविधिसम्बन्धी विभिन्न विधेयकले अभिव्यक्ति स्वतन्त्रता र सूचना-प्रविधी उद्योगप्रति नियन्त्रण गर्ने प्रावधान समेट्न सक्नेप्रति सरोकारवालाले सचेत गराएका छन्।
आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको बताउनुभएको छ।
परराष्ट्रमन्त्री साउद बिहीबार बेलायत जानुहुने
काठमाडौं, वैशाख २० गते। परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ।लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले आज जनाएको हो। सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ। रासस
सत्ता गठबन्धनको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो।
राष्ट्रपति पौडेलद्वारा संसद्को बजेट अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।