राष्ट्रिय सभा बैठकमा जातीय भेदभावविरुद्धको सङ्कल्प प्रस्तावमाथि छलफल
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ।
विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएन : सांसद देवकोटा
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ।
युवाको मुख थुनेको विषयमा सरकारसँग जवाफ माग
राष्ट्रिय सभाका सांसद डा. विमला राई पौड्यालले मङ्गलबार केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज बुधबारका लागि तय भएको कार्यक्रम स्थगित भएको छ ।
राष्ट्रिय सभा बैठक जारी (प्रत्यक्ष प्रसारणसहित )
गोरखापत्र अनलाइनकाठमाडौं, चैत ८ गते । राष्ट्रिय सभाको बैठक सुरुभएको छ । अपराह्न १ बजेदेखि सुरुभएको बैठकमा अहिले राष्ट्रिय सभाका सदस्यहरूले शून्य समयमा धारणा राखिरहनुभएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र
लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्षमा नवराज पौडेल
मेलम्चीमा सम्पन्न नेकपा (एकीकृत समाजवादी)को जिल्ला अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा ८५ सदस्यीय सर्वसम्मत जिल्ला कार्यसमिति छनौट गरेको छ ।
कर्णालीमा स्ववियु निर्वाचन: ३५ क्याम्पसको नतिजा सार्वजनिक चार वटामा स्थगित
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतबार भएको निर्वाचनमा कर्णाली प्रदेशका ३९ क्याम्पसमध्ये ३५ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सभामुखको ध्यानाकर्षण
प्रधानन्यायाधीश पद रिक्त भएको १३ महिना भइसक्दा पनि सिफारिसको प्रक्रियासमेत अघि नबढेपछि नेपाल बार एसोसिएसनले पहल थालेको छ। लामो समयदेखिको विवाद र कानुनी रिक्तताका कारण प्रधानन्यायाधीश सिफारिसको प्रक्रिया अघि बढ्न सकेको छैन। २०७८ फागुन १ गतेदेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन छ। सर्वोच्चमा पाँच न्यायाधीशसमेत रिक्त भइसकेका छन् तर संसदीय सुनुवाइ समिति गठन नहुँदा पदपूर्तिको प्रक्रिया अघि बढ्न सकेको छैन।
पानीको संरक्षण गरौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशेपानी सङ्कलनसमेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अतिआवश्यक भइसकेको छ ।”
माओवादी केन्द्रको पाँच दिने केन्द्रीय स्कुलको उद्घाटन
नेकपा (माओवादी केन्द्र)को पाँचदिने पार्टी केन्द्रीय स्कुल मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ।
सञ्चार मन्त्री शर्मा भारत भ्रमणमा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गर्नुभएको छ।
नेपाली संस्कृति हराएकोप्रति संस्कृति मन्त्रीको चिन्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले विदेशी संस्कार, संस्कृतिले नेपाली मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक छ : राष्ट्रपति
नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने कामको नेतृत्व कांग्रेसले लिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउनुपर्ने बताउनु भएको छ।
कांग्रेसलाई गल्ती गर्ने छुट छैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ।
धरान महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका राई विजयी
स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका विद्यार्थी युवराज राई अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
दलितले सयौँ वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताउनुभएको छ।
सरकार गठनको गृहकार्यका लागि समाजवादीले बनायो कार्यदल
नेकपा (एकीकृत समाजवादी) ले सरकार गठनको प्रक्रियाका बारेमा गृहकार्य गर्न कार्यदल गठन गरेको छ।
टुँडिखेलमा घोडे जात्रा (प्रत्यक्ष प्रसारण)
चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम भइरहेको छ।
नेपालमा आणविक कानुनको आवश्यकता छ : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताउनुभएको छ।
राजनीतिले लय पक्रेकाे छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बनाउनुभएको छ ।
गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
‘जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ'
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गर्नु भएको छ ।