नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित
नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसको संसदीय दलको बैठक बिहीबार दिउँसो १ बजे बस्ने मिति तय भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीले अब जनताको नेतृत्व गर्छ : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले विदेशीको निर्देशनमा नेपालका अर्थतन्त्र निर्माण हुने गरेको दाबी गर्नुभएको हो।
प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुख पावरबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।
राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दशौदी विजयी
राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान : काम भयो, भुक्तानी भएन
मधेश प्रदेश सरकारबाट विगतमा कामकाज गरेको ठेकेदार र उपभोक्तालाई करिब एक सय करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र युरोपियन युनियनका आयुक्त उर्पिलाइनेनबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको छ।
टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने तयारी
टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।
राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु
राष्ट्रिय सभा उपनिर्वाचनका लागि भएको मतदानको गणना सुरु भएको छ। निर्वाचनमा तीन सय ४ मत खसेको थियो ।
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रिय सभा उपनिर्वाचनमा ३०४ मत खस्यो : एक मत खस्न बाँकी
राष्ट्रिय सभा उपनिर्वाचनमा तीन सय बढी मत खसेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो १:३० बजेसम्म तीन सय चार जनाले मतदान गर्नुभएको हो।
समतामूलक समाज निर्माणमा युवा अग्रसर हुनुपर्छ : पूर्वमन्त्री बस्नेत
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले समाजमा देखिएका विकृति, विसङ्गतिलाई निस्तेज पारी समतामूलक समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईँ
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिनु हुने भएको छ । उहाँले विश्वासको मत लिनका लागि भोलि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच संयन्त्रको बैठक बोलाउने सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।
उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेट
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान हुँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान गर्नुभएकाे छ ।
राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गर्नुभएको थियो ।
बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । प्रधानमन्त्री दाहाल र ओली विच ओली निवास वालकोटमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको ओली सचिवालयले जनाएको छ ।
‘विकासको नयाँ ढाँचा अवलम्बन गर्नु जरुरी’
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सबै भागमा समानुपातिक किसिमले विकास पुग्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । मुलुकको समृद्धिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मुख्य भूमिका रहेको चर्चा गर्दै उहाँले भौतिक पूर्वाधारको क्षेत्रमा फड्को नमारिकन मुलुकको समग्र विकासले फड्को मार्न नसक्ने स्पष्ट पार्नुभयो ।
सचिवहरुको सरुवा र पदस्थापन
सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।
थारु समुदायलाई आरक्षण दिन सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले थारु समुदायलाई संवैधानिक व्यवस्थाअनुसार सरकारी विज्ञापनमा आरक्षण दिन परमादेश आदेश गरेको छ । आज मंगलबार भएको वहसपछि सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो परमादेश आदेश जारी गरेको हो ।
परराष्ट्रमन्त्री र युएसएआईडीका प्रशासकबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गर्नुभएको छ ।
नागरिकताको सनाखतमा जनप्रतिनिधि बस्न नपाउने
जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।