• १३ वैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

blog

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार । फाइल तस्बिर

काठमाडौं, चैत ८ गते। सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ। 

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक आधा घण्टादेखि जारी रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी हुनुहुन्छ। 

बुधबारको बैठकमा सत्ता साझेदार अन्य दलका नेता भने सहभागी छैनन्। बैठकमा, सरकार गठनको प्रक्रिया एवम् यसको प्रक्रियाबारे छलफल भएको उहाँको भनाइ छ।