सूचना प्रविधिलाई व्यवस्थित गर्न मन्त्री शर्माकाे प्रतिबद्धता
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।
प्रजातन्त्र दिवस मूल समारोहको बैठक
हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा बसेको छ ।
मधेश प्रदेश सरकारमा माओवादी सहभागी हुँदै
मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री सहभागी हुने भएका छन् ।
अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्राथमिकीकरण गरेका विधेयक अघि बढाउने प्रक्रियाबारे राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक र प्रतिनिधिसँग परामर्श गर्नुभएको छ । प्रतिनिधि सभा नियमावली संशोधन कार्य सम्पन्न नभएको र समिति गठनले पूर्णता नपाएको अवस्थामा विधेयक कसरी अघि बढाउने भन्नेबारेमा प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको हो ।
संसद्लाई प्रभावकारी बनाउन तीन शीर्ष नेताहरुबीच छलफल
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटना क्रमका सन्दर्भमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो दल कांग्रेस सभापति देउवा र प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको हो ।
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
नेकपा (एमाले) को माघ २९ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षीले सरकारको समर्थन गर्दैन : नारायणमान बिजुक्छें
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रमुख प्रतिपक्षी दलले सरकारको समर्थन गर्ने परम्परा कहिल्यै नभएको बताउनुभएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
राष्ट्रपतिमा कांग्रेसलाई सबैले सहयाेग गर्छन्: कांग्रेस सहमहामन्त्री यादव
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने बताउनुभएको छ । सोमबार धनुषाको ढल्केवरमा पूर्व प्रधानपञ्च कुलबहादुर स्याङ्गदनको श्रद्धाञ्जली सभामा अहिलेको राजनीतिक घटना क्रमलाई जोड्दै उहाँले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने दाबी गर्नुभयो ।
प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्ने व्यवस्था मिलाउन सांसदहरू सहमत
संसदमा पेश गरिएका सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् ।
राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
हिउँदे अधिवेशन डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिहरूलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।
विभिन्न विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु
सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरूलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।
प्रधानमन्त्रीद्वारा प्रमुख सचेतकहरूसँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा
नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
नेपाल पञ्चशीलका सिद्वान्तप्रति प्रतिबद्ध
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल पञ्चशीलको सिद्वान्त र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । पाँचौँ स्थापना दिवसका अवसरमा ‘सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट’ नामक संस्थाद्वारा आइतबार यहाँ आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा विकास, कूटनीति तथा सुरक्षा’ विषयक संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले सो धारणा व्यक्त गर्नुभएको हो ।
आप्रवासी नेपालीद्वारा स्वतन्त्र आयोगको माग
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सहमत हुनुभएको छ। विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले छुट्टै शक्तिशाली आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक हुनुभएको हो।
राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सुनिश्चित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुनुहुने भएको छ। उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ। उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ।
सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताउनुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते बस्ने
निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौ बैठक माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।
पत्रकारको निःशुल्क उपचार गर्ने व्यवस्था गर्छु : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा यहाँले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताउनुभयो ।