• २४ जेठ २०८०, बुधबार

आदिकविमा नेविसङ्घका पन्थ सर्वसम्मत निर्वाचित

blog

सभापतिमा निर्वाचित गौरव पन्थ । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत ६ गते । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका गौरव पन्थ सर्वसम्मत चयन हुनुभएको छ । सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई, र खुला सदस्यहरुमा गणेश पोख्रेल, निलिमा थापा, अर्चनाकुमारी साह, सुस्मिता श्रेष्ठ, प्रमिशा शाही, प्रविन आले, राहुन नेपाली र शिव विश्वकर्मा चयन हुनुभएको छ । 

समानुपातिक सदस्यमा सुमन खड्का, सागर पाण्डे, दिनेश विश्वकर्मा, सुनिल रानाभाट, कोपिला विक, सविन लामिछाने, अशोक रुचाल र निकिता बसेल नेपाली चयन हुनुभएको छ । 

आदिकविमा स्थापना कालदेखि नै नेविसङ्घको उम्मेदवार सभापतिसहित सबै प्यानलमा निर्वाचित हुँदैआएका छन् । नेविसङ्घको अध्यक्ष र सचिवसहित सबैको प्रतिनिधित्व हुनेगरी सर्वसम्मत चयन गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले जानकारी दिनुभयो ।