• ७ वैशाख २०८१, शुक्रबार

नेपालमा सङ्घीयता नौलो कुरा होइन : अध्यक्ष राउत

blog

सोमबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नु हुँदै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत । तस्बिर: सुजन गुरुङ

काठमाडौं, चैत ६ गते। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताउनुभएको छ। 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा सङ्घीयता नौलो कुरा नरहेको बताउनुभयो। उहाँले नेपालमा बाइसे, चौबिसे राज्य भनेको सङ्घीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सरकारसँग आफ्ना केही असन्तुष्टि रहेपनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ, प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यत्रो सङ्घर्ष गरेर सङ्घीयता ल्याउनुभएको छ। सङ्घीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्य नेपालमा थिए। त्यो भनेको सङ्घीयता नै हो। तर त्यसलाई पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ। यो कुरालाई नकार्न सकिँदैन। त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेका छौँ। केही असन्तुष्टि हामीसँग छन् तर त्यसलाई समाधान गर्न सकिन्छ। सानो कुरामा विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने छैन।’’

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आगामी दिनमा समेट्दै लैजानुपर्ने बताउनुभयो।