• १८ चैत २०८२, बुधबार

एमाले संसदीय दलमा बादल सर्वसम्मत चयन

blog

नेतामा रामबहादुर थापा ‘बादल’।

काठमाडौँ, चैत १८ गते । नेकपा (एमाले) को संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेको छ । 

एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बैठक भर्खर सकियो । संसदीय दलको नेतामा रामबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ।” 

यो पनि पढ्नुहोस

एमाले संसदीय दलको बैठक सुरु