• १८ चैत २०८२, बुधबार

एमाले संसदीय दलको बैठक सुरु

blog

एमालेको संसदीय दलको बैठक ।

काठमाडौँ, चैत १८ गते ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । राष्ट्रिय सभाका सांसदहरुसहित सहभागी बैठकले प्रतिनिधि सभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।

त्यसैगरी, बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ ।सङ्घीय संसद् बैठक भोलि बिहीवार अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ । 

एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो ।अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले चुनाव हारेपछि वरिष्ठ नेताको हैसियतमा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल दलका नेता बन्ने करिव टुङ्गो लागेको छ । 

एमाले निर्वाचन २५ सिट जितेको थियो । एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानूनी रुपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ । त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेन्डा सो बैठकले गर्ने बताइएको छ ।