• १२ वैशाख २०८१, बुधबार

प्रतिष्ठानको शिक्षाध्यक्षमा शेरचन नियुक्त

blog

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाको शिक्षाध्यक्षमा डा. सुरेन्द्र शेरचन सपथ ग्रहण गर्नुहुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, चैत ६ गते  । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाको शिक्षाध्यक्षमा बागमती प्रदेश सरकारले डा. सुरेन्द्र शेरचन नियुक्त हुनुभएको छ । नवनियुक्त शिक्षाध्यक्ष शेरचनलाई प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठको उपस्थिति रहेको थियो । यसअघिका शिक्षाध्यक्ष रहनुभएका डा. सतिसकुमार देवले पदबाट राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयले शेरचनलाई नियुक्त गरेको हो । 

प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा सह-उपकुलपतिले शिक्षाध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । प्रतिष्ठानका पदाधिकारी शिक्षाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।