• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय सभा बैठकमा जातीय भेदभावविरुद्धको सङ्कल्प प्रस्तावमाथि छलफल

blog

फाइल तस्बिर

काठमाडौं, चैत ८ गते। सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको सङ्कल्प प्रस्तावमा छलफल सुरु भएको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सङ्कल्प प्रस्तावमाथि अहिले छलफल जारी छ। 

सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको सङ्कल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गङ्गाकुमार बेलवासे रहनुभएको छ। 

सङ्कल्प प्रस्तावमा १९ विषयमा सरकारलाई निर्देशन दिन माग गरिएको छ। सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुहुने कार्यक्रम छ।