• १८ पुस २०८१, बिहिबार

राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड

blog

काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको बैठकमा पेश भएको जातीय छुवाछूतविरुद्धको सङ्कल्प प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । 

सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको सङ्कल्प प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको हो । 

सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको सङ्कल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गङ्गाकुमार बेलवासे रहनुभएको छ । 

सङ्कल्प प्रस्तावमा १९ विषयमा सरकारलाई निर्देशन दिन माग गरिएको छ । सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुभएको हो।