• १३ वैशाख २०८१, बिहिबार

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अखिल विजयी

blog

गोविन्द शर्मा 

बाँके,चैत ९ गते ।  नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा [एमाले] सम्बद्ध संयुक्त प्यानल विजयी भएको छ । बुधवार मतदान सम्पन्न भई बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका माधव खत्री विजयी हुनुभएको छ ।


खत्रीले ७५६ मत प्राप्त गरी विजयी हुनुभएको हो । अध्यक्षमा नेविसङ्घका जीवनराज सुवेदीले ६६६ मत प्राप्त गर्नुभएको छ । यसै गरी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका भावना थापा १९, अखिल क्रान्तिकारीका सुजल परियार १६ र स्वतन्त्र  उम्मेदवार मुकेश सिंह कुँवरले १०९ मत प्राप्त गर्नुभएको छ । 

यसै गरी सचिवमा संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियु क्रान्तिकारीका हरेन्द्रबहादुर विक र कोषाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीका भरतराज बुढथापा विजयी हुनुभएको छ । यसै गरी संयुक्त गठबन्धनका तर्फबाट सदस्यहरूमा सुरेन्द्र रावल, पङ्कज सिजापति,टेकराज कँडेल, चिरञ्जीवी बुढा, नीराजन अवस्थी,सुशील वर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी हुनुभएको छ । 


मतदानमा  कुल चार हजार १२२ विद्यार्थी मतदाताको रुपमा रहेको एक हजार ६९१ मत खसेको थियो  । अनेरास्ववियुका खत्री नेतृत्वको प्यानलमा  नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, विप्लव निकट अखिल क्रान्तिकारी, नेपाल समाजवादी पार्टीको नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ र राप्रपा निकट राप्रवि सङ्घ सहभागी थिए । 

नेपाल विद्यार्थी सङ्घ र नागरिक उन्मुक्ति पार्टी निकटको विद्यार्थी सङ्गठनबीच गठबन्धन थियो ।