• १८ पुस २०८१, बिहिबार

विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएन : सांसद देवकोटा

blog

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा ।

काठमाडौं, चैत ८ गते। राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ। 

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचार विवरण आए पनि सरकार गम्भीर नभएको बताउनुभएको हो। 

उहाँले शिक्षाको ८०/८५ विद्यार्थी अध्ययनरत विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गर्नुभयो। उहाँले त्रिभुवन विश्वविद्यालयलगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग माग गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचार विवरण कान्तिपुर दैनिक लगायतका सञ्चारमाध्यममा निरन्तर आएका छन्। तर सरकार त्रिभुवन विश्वविद्यालय सुधारमा गम्भीर छैन। उच्च शिक्षाको ८०/८५ विद्यार्थी अध्ययनरत यस विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो। त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग जोडदार माग गर्छु।’’ 

सांसद देवकोटाले पोखराको फेवाताल माथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्न सरकारसँग आग्रह गर्नुभयो। 

उहाँले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०/४० वटा डोजर जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसारी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो।