• ११ मंसिर २०८१, मङ्गलबार

जितका लागि देशव्यापी रुपमा जट्नुहोस् : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं, भदौ ९ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अधिकांश ठाउँमा निर्वाचनमा विजयी बनाउन देशव्यापीरुपमा जुट्न पार्टी पंक्तिमा आह्वान गर्नुभएको छ। 

बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा गएको एक वर्षमा पार्टीको संगठन विस्तारमा योगदान पुर्‍याएका नेता, कार्यकर्तालाई धन्यवाद दिनुभयो। उहाँले पार्टीले एक वर्षमा गरेको कामको गतिविधिको विषयमा केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनको फेरि मुल्यांकन गर्न पनि आग्रह गर्नुभयो।

त्यहाँ एक वर्षको मुल्यांकन र समीक्षा गरेको भन्नुहुँदै अध्यक्ष नेपालले भन्नुभयो, “हामी कति वटा पालिकामा फैलन सकेका छौं, संगठित सदस्य कति छौं। एक लाख २७ हजार मान्छे संगठित, असंगठितको त कुरै छैन, साधारण सदस्यको संख्या, निर्वाचनमा नौ लाख २७ हजार जनताले साथ दिएका छन्। कसैले यसको अवमूल्यांकन गर्छ भने, ख्याल गरोस्, हामी मुकदर्शक बनेर बस्ने पार्टी होइन।”

बिहीबार बिहान सत्ता गठबन्धनको बालुवाटार बैठकमा यस विषयमा छलफल भएको बताउनुहुँदै उहाँले चारदेखि साढे पाँच लाखको मत आंकलन गरे पनि १५ देखि २० लाखको भोट र यो बराबरको सिट संख्या कसैले रोक्न नसक्ने दाबी गर्नुभयो। यसर्थ, पार्टी पंक्तिमा उहाँले मतदातालाई पार्टीको चुनाव चिह्नबारे प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो।

विगतमा २०३२ सालमा कोअर्डिनेसन केन्द्रको बिउँ आफूहरुले रोपेको भन्नुहुँदै उहाँले अहिले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले नसुध्रने भएकाले त्यसप्रति कुनै माया, मोह नराख्ने निर्देशन दिनुभएको छ। 

पछिल्लो समय, राष्ट्रपतिले सुरक्षा निकायका पूर्व प्रमुखलाई बोलाएर राष्ट्रपति निवासमा भोजन गरेको गितिविधिले शंकासमेत उहाँले व्यक्त गर्नुभयो। यसै सम्बन्धमा बालुवाटार बैठकमा छलफल भएको उहाँले खुलाउनुभयो। 

उहाँले एकीकृत समाजवादीका नेता, कार्यकर्ता अरु पार्टीको भन्दा फरक आरचण, सिद्धान्त र व्यवहारको हुनुपर्ने धारणा राख्नुभएको छ।