काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने
काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ।
राष्ट्रपतिको पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ।
सिंहदरबारस्थित पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ।
सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दललाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।
राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
दार्चुलाका ६ क्याम्पसमा स्ववियुको नयाँ समिति चयन
दार्चुलाका सातमध्ये ६ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन नयाँ कार्यसमिति चयन भएको छ ।
राष्ट्रपति पौडेललाई चेम्बरको बधाई
नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
समावेशी सिद्धान्तअनुसार सञ्चारनीति ल्याउन आग्रह
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउनु पर्ने बताउनुभएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा नेविसङ्घको प्यानल विजयी
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसङ्घको प्यानल विजयी भएको छ ।
गठबन्धन भत्काउन हामी लाग्दैनौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरू नलाग्ने बताउनुभएको छ ।
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोकाे भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेकाे बताउनुभएकाे छ ।
जनता तर्साउने छुट छैनः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताउनुभएको छ ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अखिल विजयी
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा [एमाले] सम्बद्ध संयुक्त प्यानल विजयी भएको छ । बुधवार मतदान सम्पन्न भई बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका माधव खत्री विजयी हुनुभएको छ ।
तीन उपसचिवलाई आठ वर्ष कैद
विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ । एक उपसचिवलाई साढे दुई वर्ष कैद निर्धारण गर्दा दुई लेखा अधिकृतलाई नौ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।
सत्ता गठबन्धनको बैठक : सरकारलाई पूर्णता दिनेबारे छलफल
काठमाडौं, चैत ८ गते। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आजको बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो। “समसामयिक राजनीतिक परिस्थितिका बारेमा सत्तागठबन्धनका केही नेता बसेका हौँ, आज सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ, चाँडोभन्दा चाँडो सरकारलाई पूर्णता दिने विषयमै बैठक केन्द्रित भएको हो।”उहाँले माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने भन्ने विषयमा प्रधानमन्त्रीले त्यस्तो निर्णय नगरेको प्रष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको थियो। रासस
कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट आउने शुक्रबार विश्वासको मत लिने हुनुभएको छ । नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई तथा शुभकामना दिनुभएको छ।
पहिला सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ : नेता महर
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुभन्दा पहिले नेपाली कांग्रेसले पार्टी भित्र छलफल गरेर न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर सत्ता गठबन्धनमा सहभागी हुनुपर्ने बताउनु भएको छ ।
राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक
सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ।
बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाको दाबी
जनता समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी रहने दाबी गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो दाबी गर्ने निर्णय गरेको हो।
भारतबाट नेपालमा गरिने टेलिफोन शुल्क घटाउन मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दैआएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ ।
खेलकुदमा देशकै नमुना संरचना निर्माण गर्छु: मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खेलकुदका लागि देशकै नमुना भौतिक संरचना मधेशमा निर्माण गर्ने बताउनुभएको छ ।
हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ ।