• ७ पुस २०८१, आइतबार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

blog

संवैधानिक परिषद् बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख २५ गते । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । छ । 

सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । 

सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषद्का पदेन सदस्य रहनुभएका भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को दबाब परेको थियो । परिषद्ले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरे पनि सुनुवाइका लागि भने संसदीय सुनुवाइ विशेष समिति बनेको छैन ।

परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना रहनु भएको छ ।