• १३ असोज २०८१, आइतबार

कर्मचारीले तीन प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : सांसद दाहाल

blog

राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल ।

काठमाडौं, वैशाख २६ गते । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताउनुभएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सांसद दाहालले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धताहरु पनि माग गर्नुभयो ।

सांसद दाहाले कर्मचारीले साइनिङ मनीको रूपमा तीन प्रतिशतसम्म लिने गरेको उल्लेख गर्नुहुँदै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘ठाडै ढङ्गले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । सुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, २, ३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिङ्ग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’’

सांसद दाहालले कर्मचारी, ठेकेदार र नेताहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गर्नुभयो ।