जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा छ : उपेन्द्र यादव
काठमाडौं, वैशाख २३ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताउनु भएको छ। पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित नहुने बताउनुभयो। रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता औंल्याउनु भयो। उहाँले 'कम्फटेवल मेजरिटी' भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि फरक नपर्ने तर्क गर्नुभयो।अध्यक्ष यादवले भन्नुभयो, ‘‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा परिवर्तन गरेर अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ। दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन।’’ अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको बताउनुभयो। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उहाँको भनाइ छ। अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो। थुप्रिएर रहेको पुँजी उत्पादनमुलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उहाँको भनाइ छ।
भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री भन्नुहुन्छ : 'ट्रेलर' देखायौँ, 'फिल्म' बाँकी छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइल खुल्दै जाने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अब भ्रष्टाचारका ठूला फाइल खुल्दै जाने बताउनुभएको हो ।
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुन्छ : उपाध्यक्ष महरा
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ ।
भ्रष्टाचारीलाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पूर्वगृहमन्त्री खाणको ध्यानाकर्षण
पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।
सुडानबाट स्वदेश फर्किए १३ नेपाली
सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्। इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना भारत सरकारको सहयोगमा पोर्ट सुडानको हवाईमार्ग हुँदै भारतको अहमदावाद उडेका छन्। तीन जनामध्ये एक जना स्वेच्छाले पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमानजिकको स्थानमा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल र नाउरुबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपालले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध कायम राखेका मुलुकको सङ्ख्या १७९ पुगेको छ। नेपाल र गणतन्त्र नाउरुबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएसँगै द्विपक्षीय सम्बन्ध कायम भएका मुलुकको सङ्ख्या १७९ पुगेको हो। नाउरु भौगोलिक रूपमा विश्वको सबैभन्दा सानो मुलुकमध्येको तेस्रो मुलुक हो।
मिटरब्याजी सम्पत्ति शुद्धीकरणको दायरामा
मिटरब्याज कसुर स्थापित भएमा सात वर्षसम्म कैद हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएको छ। अध्यादेशअनुसार मिटरब्याज कसुर ठहर भएमा कसुरदारलाई सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिवाना हुनेछ।
प्रदेश खारेजको बहस जायज छैन : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रदेश खारेज गर्ने बहस जायज नभएको बताउनुभएको छ।
कांग्रेसले सम्पूर्ण पार्टीगत संरचना टुंग्याउने
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टीको सम्पूर्ण संरचना टुङ्गो लगाउने सम्बन्धमा छलफल भएको छ।
आर्थिक वर्षको बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीसँग छलफल
काठमाडौं, वैशाख २१ गते। अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीसँग छलफल गर्नुभएको छ। पूर्व अर्थ मन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको छ। छलफलमा पूर्व अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो। छलफलमा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्नेगरी बजेट तयार गर्न आफु प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो। उहाँले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफू लागि परेको जानकारी गराउनुभयो। साथै उहाँले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताउनुभयो। अर्थ मन्त्री महतले अन्य पूर्व अर्थ मन्त्रीबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
कांग्रेस केन्द्रीय सदस्यमा डा. रिजाल मनोनीत
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल मनोनित हुनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवाले रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो।
रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति तथा संसदीय दलको बैठक सुरु भएको छ।
एमालेले बोलायो सचिवालय बैठक
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
सप्तरी कारागारको अतिक्रमित जग्गा खाली गराउने निर्णय
सरकारी कार्यालयको नाममा रहेको जग्गा षड्यन्त्र पूर्वक अतिक्रमण हुनु खतरनाक भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो।
सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल नै भएन : प्रमुख सूचना आयुक्त
प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदनहरु हालसम्म पनि सङ्घीय संसदमा छलफल नै हुन नसकेको गुनासो गर्नु भएको छ ।
गण्डकी सरकारलाई पूर्णता दिने तयारी
प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाउनुभएको थियो ।
पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको बताउनुभएको छ ।
सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनु पर्छ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
विश्व शान्तिका अग्रदूत गौतमबुद्ध : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७औँ बुद्ध जयन्तीको अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय होः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ ।
पूर्वमन्त्री रायमाझी फरार
नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुभएको छ। प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन हुनुभएको हो।