• ७ पुस २०८१, आइतबार

भ्रष्टाचारीलाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं, वैशाख २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पार्नुभयो । उहाँले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्रीले  दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकारसाथ अघि जान्छ । दोषी कोही नछुट्न, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’’ प्रधानमन्त्री प्रचण्डले आफू दबाबमा नपरीकन काम गर्ने बताउनुभयो ।