• ७ पुस २०८१, आइतबार

कांग्रेसले सम्पूर्ण पार्टीगत संरचना टुंग्याउने

blog

कांग्रेस बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महत ।

काठमाडौं, वैशाख २२ गते। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टीको सम्पूर्ण संरचना टुङ्गो लगाउने सम्बन्धमा छलफल भएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकमा अपूर्ण रहेको भ्रातृ संगठन, विभागलाई चाँडो पूर्णता दिने सम्बन्धमा सबै गृहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको हो। अर्थमन्त्री समेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पदाधिकारी बैठकमा केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय समितिको तयारी सम्बन्धमा छलफल भएको बताउनुभयो। 

सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “यो पदाधिकारी बैठक हो, यो हिजो पनि थियो। अब, कार्य सम्पादन समितिदेखि केन्द्रीय समितिको बैठकको तयारीको सिलसिलामा यो बैठक बसेको हो। भ्रातृ सङ्गठनले पूर्णता पाएको छैन, त्यसलाई पूर्णत दिने, त्यसको गृहकार्य चलिरहेको हो।”

यससँगै विभागलाई पनि पूर्णता दिने सम्बन्धमा उहाँले भन्नुभयो, “सँगसँगै विभागको पूर्णता दिने त्यसको गृहकार्य सुरु भएको छ। सबै गृहकार्य चाँडै सायद, यो २८, २९ गते नै केन्द्रीय समितिको बैठक राखेर पार्टीका संरचना जुन अपुर्ण छन्, त्यसलाई पूर्ण बनाउने विषयमा छलफल केन्द्रीत छ।” विभागको प्रमुख केन्द्रीय सदस्य रहने हिसाबमा अघि बढेको यो विषय करिब अन्तिम चरणमा रहेको उहाँको भनाइ छ। 

नक्कली भुटानी शरणार्थीको जिज्ञासामा उहाँले यो जघन्य अपराधिक गतिविधि भएको बताउनुभयो। अनुसन्धानका क्रममा सबै कुरा बाहिर आउने र यसको न्याय निरुपण हुनुपर्ने भनाइ पनि उहाँले राख्नुभयो।