सूचना प्रविधि क्षेत्रका कानुन परिवर्तनलाई प्राथमिकता दिएका छौं : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि सम्बन्धी कानुन परिवर्तनलाई प्राथमिकताका साथ अगाडि सारेको बताउनुभएको छ।
बैंक,लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताउनुभएको छ।
झापाका १० क्याम्पसमा निर्वाचन सकियो
झापामा शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा आज स्ववियु निर्वाचन भएको हो ।
रुपन्देहीमा नेविसंघले खाता खोल्यो, जनता कलेज छपियामा प्यानल नै विजयी
रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घको प्यानल विजय भएको छ ।
कर्णाली प्रदेश सभाको बैठक चैत १२ गते
कर्णाली प्रदेश सभाको बैठक चैत १२ गते बस्ने भएको छ । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको ७ औँ बैठक चैत १२ गते आइतबार दिउँसो तीन बजे बस्ने भएको हो ।
सीमित स्रोत साधनकाबीच समृद्धिको मार्गमा छौँ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्धिको मार्गमा रहेको बताउनुभएको छ ।
सत्य निरुपण सम्बन्धी विधेयकमा सहमति भइसकेको छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीका बीचमा सहमति भइसकेको बताउनुभएको छ।
डोटी क्याम्पसमा मतपेटिका तोडफोड
डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा मतपेटिका तोडफोड गरिएपछि निर्वाचन स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको हो ।
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ।
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।
मुलुकको उन्नत अर्थतन्त्रका लागि निरन्तर खबरदारी गर्छौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र उन्नत पार्न निरन्तर खबरदारी गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद वीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सांसद शर्मा बेलायत-नेपाल सर्वदलीय सांसद समूहको सभापति हुनुहुन्छ।
शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ।
प्रतिनिधि सभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि, सम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ पेस गरिएको छ।
प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सोमबार विश्वासको मत लिने बारेमा जानकारी गराइएको छ।
कांग्रेसले योगदान र योग्यताको आधारमा मन्त्री चयन गर्ने
काठमाडौं, चैत ५ गते। नेपाली कांग्रेसले योगदान र योग्यताको आधारमा मन्त्री चयन गर्ने भएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा योगदान र योग्यताको आधारलाई प्राथमिकता दिने भएको हो। योसँगै समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर मन्त्री चयन गर्ने भएको छ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकपछि विज्ञप्तिमार्फत निर्णय सार्वजनिक गर्नुभएको हो। कांग्रेस बैठकले महत्त्वपूर्ण पाँच निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीको चयन योगदान र योग्यताको आधारमा गर्ने भएको हो।पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्नु एको हो। कांग्रेस बैठकका पाँच निर्णय जस्ताको तस्तै :– चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संङ्य लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति श्री रामसहाय यादवलाई कार्यकाल सफलताको कामना सहित यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ।– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणमा नेपाललाई पुर्याउन ऐतिहासिक सफलता हासिल गर्न सफल खेलाडीहरु, नेपाल क्रिकेट सङ्घ र समस्त नेपालीमा यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ। यो विजयलाई दिगो बनाउँदै आगामी दिनमा नेपाली क्रिकेटको अझ स्तरोन्नतिका लागि विशेष कार्ययोजना निर्माण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्दछ।– संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको समुन्नतिका लागि सहकार्यको संकल्प सहित गत निर्वाचनमा नेपाली जनता समक्ष गरेको वचनबद्धता अनुरुप नेपाली कांग्रेस सहितका राजनीतिक दलहरु बीचको आपसी एकता र समझदारीलाई अझ सुदृढ गर्नु आवश्यक छ। हालै सम्पन्न सङ्घीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रति सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरू बिचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा नेपालको संविधानको धारा ७६९२० बमोजिम गठित श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई नेपाली कांग्रेसको विधानको धारा २२ ९११० बमोजिम समर्थन गर्ने र २०७९ चैत ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ।– संसद्को सबैभन्दा ठूलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ। संविधान रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिँदै मुलुकको चौतर्फी विकासमार्फत मुलुकको समुन्नति हासिल गर्ने साझा कार्यभारप्रति यो बैठक दृढ प्रतिबद्धता व्यक्त गर्दछ।– नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने यो बैठक निर्णय गर्दछ।
रासायनिक मलको मूल्यवृद्धि फिर्ता लिन एमालेको माग
नेकपा (एमाले) ले रासायनिक मलमा भएको मूल्यवृद्धिको फिर्ता लिन माग गरेको छ । एमाले कृषि तथा पशुपन्छी विकास विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै रासायनिक मलमा दिँदैआएको अनुदान भारी मात्रामा कटौती गर्ने निर्णयप्रति ध्यानाकर्षण गराएको हो ।
सभामुखको अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध
सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध जनाइएको छ।
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण
कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकोमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनीत
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
सुदूरपश्चिममा ३६ क्याम्पसमा मतदान, २३ क्याम्पसमा स्थगित
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।
उपराष्ट्रपतिको शपथ भोलि
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भोलि (सोमबार) पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ ।
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ ।
राराबमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।