सरकार ढल्छ भन्नु भ्रम: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन नहुने स्पष्ट पार्नुभयो ।
संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिने छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिनुभएको छ ।
अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गए राती [आइतबार] कम्बोडिया प्रस्थान गर्नुभएको छ ।
मजदुरका हकहित संवर्द्धनमा कांग्रेस सदैव लागिरहने छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हितको संवर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना: ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ ।
स्वास्थ्यमा सुधार आएपछि नेता भण्डारी स्वदेश फिर्ता
नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्कनु भएको छ।
अध्यक्ष ओलीलाई निसाना बनाउने काम भयो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्खर पोखरेलले सरकारनिकट ब्यक्तिलाई संरक्षण गरी प्रतिपक्षीलाई निसाना बनाउने रणनीति सरकारले लिएको टिप्पणी गर्नुभएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्रममा उहाँले सो टिप्पणी गर्नुभएको हो ।
कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख नन्दा गुरुङ्गले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो ।
किसान श्रीराम घिमिरेको अनशन तोडियो
काठमाडौंको भूगोलपार्कमा आमशरण अनशनमा बस्नुभएका नुवाकोट ककनीका किसान श्रीराम घिमिरेले अनशन तोड्नु भएको छ ।
आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ : कार्यबहाक राष्ट्रपति यादव
कार्यबहाक राष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ।
किसान महासंघलाई जनताबीच पुर्याउनुस् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीनिकट किसान महासंघलाई जनताका बीचमा व्यापक रुपमा विस्तार गर्न निर्देशन दिनुभएको छ । अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । कृषि क्षेत्र पेशा, व्यवसायसँगै संगठनको नेतृत्व अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ ।
प्रधानमन्त्री प्रचण्ड चितवनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ। आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो।
प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन जेठमा
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौंमा हुने भएको छ।
सुशासनका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई नियन्त्रण गरी जनतालाई सुशासनको अनुभूति दिलाउन सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ।
मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : मन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताउनुभएको छ।
महावीर पुनको आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ऐक्यबद्धता जनाउनुभएको छ।
गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सुरक्षा बैठक सुरु
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा जिल्लाको सुरक्षा सम्बन्धी बैठक सुरु भएको छ ।
सीमा समस्या समाधान चाँडै हुन्छ : परराष्ट्रमन्त्री साउद
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान चाँडै हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । आइतबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
कर्णालीलाई प्राथमिकतामा राख्न माग
प्रतिनिधि सभामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदले आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग गर्नुभएको छ। सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बालुवाटारमा भेट गरी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग गर्नुभएको हो। कर्णाली विकासका लागि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई सांसदहरूले जोड दिनुभएको छ। कर्णालीमा निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेकाले समग्र विकासको हिसाबले कर्णाली अझै पछाडि रहेको ज्ञापनपत्रमा उल्लेख छ। कर्णालीको गरिबी र बेरोजगारलाई न्यूनीकरण गर्न कर्णाली स्वरोजगार एवं गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम अभियान सञ्चालन गर्न पाँच अर्ब बजेट माग गरिएको सासंद चन्द्रबहादुर विश्वकर्माले जानकारी दिनुभयो।
प्रतिबद्धता विपरित काम गरेकाले सरकारबाट बहिरिएको हो : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नेतृत्व गर्नेले नै प्रतिबद्धता विपरितको काम गरेकोपछि सरकारबाट बहिरिएको बताउनुभएको छ।
सरकारको कामलाई नकारात्मक प्रचार नगरौँ : मन्त्री शर्मा
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सकारात्मक कामलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
कांग्रेस सांसद भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किँदै
भारतमा दुई महिना लामो स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुहुने भएको छ।