• १३ वैशाख २०८१, बिहिबार

किसान श्रीराम घिमिरेको अनशन तोडियो

blog

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालबाट जुस खाएर अनशन तोड्नु हुँदै किसान श्रीराम घिमिरे । तस्बिर ः सागर बस्नेत

काठमाडौं, वैशाख १७ गते । काठमाडौंको भूगोलपार्कमा आमशरण अनशनमा बस्नुभएका नुवाकोट ककनीका किसान श्रीराम घिमिरेले अनशन तोड्नु भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले जुस खुवाएर अनशन तोडाउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार मात्र उहाँका माग पूरा गर्न निर्देशन दिनुभएको थियो ।