• ५ पुस २०८२, शनिबार

पाल्हीनन्दनबाट साढे १७ लाखको मोबाइलका सामान बरामद

blog

सशस्त्र प्रहरीले पाल्हीनन्दनबाट बरामद गरेको अवैध सामान । तस्बिर : विकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, पुस ५ गते ।
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले साढे १७ लाखभन्दा बढीको मोबाइलका सामान बरामद गरेको छ । शनिबार बिहान ३ः३० बजेतिर पाल्हीनन्दन गाउँपालिका वडा नम्बर– ५ सिसवाबाट १७ लाख ७० हजार बराबरको मोबाइलमा प्रयोग हुने सामान बरामद गरेको हो ।

छ हजार पिस मोबाइलको टेम्पर ग्लास र मोबाइल कभर छ वटा कार्टुनमा राखेको अवस्थामा प्रहरीले फेला पारेको सशस्त्र प्रहरी बल नम्बर २६ हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक गोविन्द केसीले जानकारी दिनुभयो ।

बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।  सीमावर्ती क्षेत्रमा तस्करी बढेपछि पछिल्लो समय सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । तीन दिन अगाडि मात्रै पालीनन्दनबाटै ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) सशस्त्र प्रहरीले बरामद गरेको थियो ।