• ५ पुस २०८२, शनिबार

नेपाली कांग्रेसका वडा सभापति र क्षेत्रीय सहसचिव रास्वपामा प्रवेश

blog

सभापति अमरबहादुर खड्कालाई पार्टी प्रवेश गराउनुहुँदै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले। तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस  ५ गते ।
नेपाली कांग्रेस वडा सभापति र बागलुङ क्षेत्र नम्बर २ का सहसचिव राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बाग्लुङ नगरपालिका वडा नम्बर २ का पार्टी सभापति अमरबहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाग्लुङद्वारा शनिबार आयोजना गरिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको पिन लगाइदिएर खड्कालाई पार्टी प्रवेश गराउनुभएको हो ।

यसैगरी, बाग्लुङ क्षेत्र नम्बर २ नेपाली कांग्रेसका सहसचिव निरज चन्द ठकुरीलगायत विभिन्न राजनीतिक दलमा आबद्ध सक्रिय व्यक्तिहरु पनि पार्टी परित्याग गरी एक सय पचासभन्दा बढी कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेको जिल्ला सभापति महेन्द्र खड्काले बताउनुभयो ।