‘कोशी प्रदेश सबै जातजाती अटाउने प्रदेश हो’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एउटा प्रक्रियाबाट स्थापित गरिएको ‘कोशी प्रदेश’ को नाम परिवर्तन गर्न जनता रिझाएर दुई तिहाइ मत ल्याएर मात्र सम्भव रहेको बताउनुभएको छ ।
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ ।
एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः उपप्रमुख सुनिता डंगोल
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मानिसले आफू सुरक्षित नभएको महसुस गर्न थालेको बताउनुभएको छ।
तनहुँका पालिकाले श्रम स्वीकृतिको आवेदन लिन थाले
वैदेशिक रोजगारमा जाने युवायुवतीले श्रम स्वीकृतिको आवेदन दिने सुविधा पालिकाबाटै पाउन थालेका छन्।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।
अर्थतन्त्रको शिथिलता अहिलेको समस्या हो : अर्थमन्त्री डा. महत
अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ।
नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छ : परराष्ट्र सचिव पौड्याल
परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग प्रदान गरेको बताउनुभएको छ ।
उपनिर्वाचनमा जित नहुँदा दुःखी हुनुपर्दैन : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा एमालेको जित नभए पनि दुःखी भैहाल्ने अवस्था नरहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा एमालेको अभियान ‘मिशन ग्रासरुट’ सम्बन्धी प्रादेशिक कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आउनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो । सम्पन्न उपनिर्वाचनमा एमाले क्षेत्र नरहेकाले जित नभए पनि हार मान्नुपर्ने कुनै अवस्था नरहेको उहाँको भनाइ छ ।
इम्बोस्ड नम्बर: प्रदेशको नाम नेपालीमा, अन्य यथावत
सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ।
सरकार गठनका लागि लुम्बिनीमा कांग्रेसद्वारा दावी पेस
नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता डिल्लीवहादुर चौधरीले नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गर्नुभएको हो । गठबन्धनले कांग्रेस संसदीय दलका नेता चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।
गण्डकीमा आज नयाँ सरकार बन्दै
गण्डकी प्रदेशमा आज (बिहीबार) नयाँ सरकार बन्दैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन् ।
सरकारको ध्यान अर्थतन्त्र सुधारमा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताउनुभएको छ ।
भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ ।
नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौँ : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन् ।
राष्ट्रिय सभा बैठक सर्यो
आज (बिहीबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
निर्माण व्यवसायीको इजाजतपत्र खारेज
सरकारले ३३ निर्माण व्यवसायीहरूको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरूले नवीकरण नगरेकाले उनीहरूको इजाजतपत्र खारेज गरिएको हो ।
एमालेको असहमतिले रोकियो विधेयक
प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रस्तावित अन्तरवस्तुमा असहमति जनाएपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक पारितको प्रक्रिया रोकिएको छ। प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार बुधबार फास्ट ट्र्याकबाट विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी थियो तर विधेयकमा प्रस्तावित निर्णय प्रक्रियासम्बन्धी व्यवस्था परिमार्जन गर्नुपर्ने अडान एमालेले राखेपछि दैनिक कार्यसूचीमै समेटिन सकेन।
गालीगलौजको राजनीति नगरौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गर्नुभएको छ ।
मधेश प्रदेशमा माटो परीक्षण
मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको घुम्ती सेवामार्फत् दुई सय जना किसानले माटो परीक्षण गराएका छन्।
पूर्व प्रधानमन्त्री ओलीद्वारा सीमा क्षेत्रको निरीक्षण
नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार इलामको पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। सीमा निरीक्षणका क्रममा ओलीले दशगजा क्षेत्र मिचेर वर्षौंदेखि सुरक्षा पोष्ट राखिएको प्रमाणित भएको बताउनुभयो।
‘सरकारले अन्य विधेयक ल्याउँछ, नागरिकता विधेयक किन ल्याउँदैन ?’
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भन्नुभयो, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन ?”
काठमाडौंका सबै ठाउँमा सीसी क्यामेरा राख्न माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सीसी क्यामेराको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
शान्ति सुरक्षामा कमी हुन दिइँदैन: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि कमी हुन नदिने दृढता व्यक्त गर्नुभएको छ।
अर्थतन्त्रका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ।