घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : एमाले अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ।
अर्थतन्त्र सुधार्नेबारे राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस
बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रिय सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ। ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको हो।
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको क्षेत्रमा उपलब्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ।
राष्ट्रिय सभा बैठक : सांसदको सङ्ख्या घटाउन माग
राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ ।
बलियो राष्ट्रिय शक्तिको खाँचो छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राष्ट्रिय शक्ति निर्माणको खाँचो रहेको बताउनुभएको छ । मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
संसद् अधिवेशन अन्त्य गर्नेबारेमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी रहेको छ । बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु भएको हो ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ भने प्रतिनिधि सभा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
निर्वाचन खर्च सार्वजनिक नगरे कारबाही
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा खर्च विवरण समयमै बुझाए पनि सो विवरण तोकिएको समयभित्र सार्वजनिक नगर्ने उम्मेदवार निर्वाचन आयोगको कारबाहीमा पर्ने भएको छ। आयोगले वैशाख १२ गते मङ्गलबारसम्म खर्च विवरण सार्वजनिक गर्न समयसीमा तोकेको थियो।
जब सचेतकले सभापतिलाई रोके...
प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिनुभएको थियो। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गर्नुभयो। रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लाग्नुभयो। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोक्नुभयो अनि सभापति देउवा फर्केर आएर पुनः आसनमा बस्नुभयो।
बारा–२ बाट उपेन्द्र यादव विजयी
बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी हुनुभएको छ ।
बारा-२ मा उपेन्द्र यादवको अग्रता: दुई हजार ६ सयको मतान्तर
बारा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२ हजार ५५२ मत ल्याउनुभएको छ।
बारा-२ मा उपेन्द्र यादवको अग्रता : दुई हजार आठ सयको मतान्तर
उपेन्द्र यादवले २२ हजार ९६ मत ल्याउनुभएको छ। उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मतका साथ पछ्याइ रहनु भएको छ। मतान्तर दुई हजार ८१७ रहेको छ।
प्रमुखद्वारा लुम्बिनी प्रदेश सरकार गठनको आह्वान
लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलवार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको उल्लेख छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।
मल उपलब्ध गराउन र बाल अस्पतालको स्तरवृद्धि गर्न रुस सकारात्मक छः अध्यक्ष तिमिल्सिना
रुस भ्रमणमा गएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय टोली नेपाल फर्किएको छ।
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
नेपाल-भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान गर्नुभएको छ ।
बारा–२ मा उपेन्द्र र शिवचन्द्रको मतान्तर २६ सयमा झर्यो
बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रतालाई निरन्तरता दिनुभएको छ।
तनहुँबासीले गर्व गर्नेगरी काम गर्छु : सांसद वाग्ले
तनहुँ –१ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित डा. स्वर्णिम वाग्लेले तनहुँबासीले गर्व गर्नेगरी काम गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि दमौलीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
चितवनमा रविको मत बढ्यो, तनहुँमा स्वर्णिमको उदय
उपनिर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्।
बारा–२ मा उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र
बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८०८ मत ल्याउनुभएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउन माग
प्रतिनिधि सभाका सांसदले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउन सरकारसँग माग गरेका छन्।