• ७ पुस २०८१, आइतबार

मल उपलब्ध गराउन र बाल अस्पतालको स्तरवृद्धि गर्न रुस सकारात्मक छः अध्यक्ष तिमिल्सिना

blog

रुस भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत। तस्बिर : संघीय संसद सचिवालय

काठमाडौं, वैशाख १२ गते। रुस भ्रमणमा गएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय टोली नेपाल फर्किएको छ। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिनासहितको रुस भ्रमणमा गएको टोली स्वदेश फर्किएको हो। रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो। 

उहाँले रुसी संसद नेपालसँग सम्बन्ध विस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीले बताएको बताउनुभयो। उहाँले सोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध विस्तार गर्न रुस तयार रहेको बताउनुभएको हो। 

उहाँले दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत् रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले जिटुजीमार्फत् रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छलफल भएको बताउनुभयो। गहुँ उपलब्ध गराउने, व्यापार विस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको बताउनुभयो। त्यस्तै रुस नेपाल सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘यो भ्रमण दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्रमा हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने, सस्तो दरमा गहुँ उपलब्ध गराउने, व्यापार विस्तार गर्ने कुरामा रुस इच्छुक छ। सरकारबाट प्रस्ताव गए रुस कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको पाएका छौं।’’ भ्रमणका क्रममा विभिन्न संग्रहालयको अवलोकन गर्ने काम भएको पनि बताउनुभयो।