• २७ पुस २०८१, शनिबार

बलियो राष्ट्रिय शक्तिको खाँचो छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राष्ट्रिय शक्ति निर्माणको खाँचो रहेको बताउनुभएको छ । मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रममा  उहाँले सो कुरा बताउनुभएको हो । 

राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरूबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले चर्चा गर्नुभयो । वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको उहाँले बताउनुभयो । 

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व एमालेले गरिरहेको बताउनुभयो । उहाँले वर्तमान दलीय गठबन्धन सिद्धान्तविहीन र उद्देश्यविहीन रहेको बताउनुभयो । देशको अर्थतन्त्र सुधार्नमा वर्तमान सरकार केन्द्रित हुन् नसकेको उहाँको टिप्पणी छ । देशलाई गलत दिशामा जानबाट रोक्न र देशको अर्थतन्त्र समृद्ध बनाउन एमाले नै शक्तिमा आउन आवश्यक रहेको उहाँले बताउनुभयो ।