• ३ पुस २०८२, बिहिबार

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड,पुस ३ गते । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहुन्डाँगीमा एक जनाको मृत्यु भएको हो  ।

बाहुन्डाँगीस्थित खड्का डाँडामा तत्काल नाम थर वतन नखुलेका भारतीय नागरिक जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसंँग जम्काभेट भएपछि हात्तीले आक्रमणमा गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बाहुन्डाँगी क्षेत्रमा मागी खाई हिँड्ने खुले पनि उहाँको पहिचान खुली नसकेको र भारततर्फ पनि जानकारी गराइएको इलाका प्रहरी कार्यालय काँकड्भिट्टाका डिएसपी राजन लामाले बताउनु भयो ।