शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस ३ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नु भएको कार्यक्रममा अहिले ‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’ शीर्षकमा बहस भइरहेको छ ।
बहसमा हुनु हुन्छ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, ललितपुर महानगर नगरपालिका प्रमुख चिरीबाबु महर्जन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्मा, एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा र इप्पानका कार्यकारिणी सदस्य सुमन जोशी सहभागी हुनु हुन्छ । यो बहसको सहजकर्ता गोपालचन्द्र सुवेदी हुनु हुन्छ :