• १३ मंसिर २०८१, बिहिबार

प्रमुखद्वारा लुम्बिनी प्रदेश सरकार गठनको आह्वान

blog

छविलाल पाण्डे 

बुटवल, बैशाख १२ गते । लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलवार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको उल्लेख छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।  

लुम्विनीमा नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकारले प्रदेश सभाबाट सोमबार विश्वासको मत गुमाएको थियो । सोपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको थियो ।  प्रदेश प्रमुखले संविधानको १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्नु भएकाले लुम्विनी प्रदेशमा अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ । 

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ५३ जना सांसदको हस्ताक्षरसहित एक महिनाअघि नै नयाँ सरकार गठनका लागि दावी गर्नुभएको थियो । अहिले समीकरण परिवर्तन नभएकाले बैशाख १४ गते विहीवार चौधरीकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ ।