नवनिर्वाचित राष्ट्रपति पौडेल बाडेगाउँको ‘भट्टराई आश्रम’मा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रमको आज (शनिबार) अवलोकन एवम् निरीक्षण गर्नुभएको छ ।
उपराष्ट्रपति पदमा झाको उम्मेदवारी
उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सत्तागठबन्धनबाट उपराष्ट्रपतिमा प्रमीला यादवको उम्मेदवारी
सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमीला यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेपालको इतिहासलाई लुकाउन खोजियो: अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताउनुभएको छ।
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी दर्ता
जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता
उपराष्ट्रपति पदमा नेकपा (एमाले) का नेत्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गठबन्धनबाट तीन जनाको उम्मेदवारी पर्ने सम्भावना : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ ।
जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज (शनिबार) कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो ।
एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार
नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले केन्द्रीय सचिवालय बैठक सुरु
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
सत्ता गठबन्धन आठ दलको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धन आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
सबै वर्गलाई विकासको मूलधारमा ल्याउनुपर्छ
राष्ट्रिय समावेशी आयोगले पिछडिएका, सीमान्तकृत, अपाङ्गता भएका, भौगोलिक तथा वर्गीय रूपमा पछाडि परेका सबै वर्गलाई विकासको मूलधारमा ल्याउने प्रयत्नमा जोड दिएको छ। आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले प्रविधिमा महिलाको पहुँच बढाउन प्रेरित गरिएको उल्लेख गर्दै विकासमा फड्को मारेको प्रविधिमैत्री सीप सिकेर सकारात्मक फाइदा लिन जान्नुपर्ने बताउनुभयो।
उपराष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज
सङ्घीय गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ । फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष कुन लिङ्ग वा समुदायबाट उम्मेदवारी दिनुपर्ने अन्योलका बीच उपराष्ट्रपति पदको मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको तालिकाबमोजिम शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिङ्गका व्यक्तिको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । आयोग स्रोतका अनुसार निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएको उम्मेदवारबारे उजुरी परेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा त्यसबारे निर्णय गर्नेछ ।
शनिबारका लागि एमालेले बोलायो सचिवालय बैठक
शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपतिमा पौडेल सर्वाधिक उपयुक्त व्यक्ति : नेता निधि
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाई दिँदै नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सफल कार्यकालको शुभकामना दिनु भएको छ ।
सभामुख घिमिरे बहराइन प्रस्थान
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गर्नुभएको छ। शुक्रबार साँझ ६ दिनका लागि सभामुख घिमिरे बहराइन जानुभएको हो।
राष्ट्रपति निर्वाचनको विवरण राष्ट्रपतिसमक्ष पेश
राष्ट्रपति निर्वाचनको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइएको छ।
केन्द्रीय सदस्य भट्टराईद्वारा उम्मेद्वार बन्ने घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ।
प्रचण्डमाथि मुद्दा लगाउन खाेज्नु जनयुद्धमाथिको आक्रमण होः महासचिव विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई मुद्दा लगाइएको बताउनुभएको छ।
जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
१५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको छ ।
उम्मेदवार नेम्वाङको राष्ट्रपति निर्वाचन खर्च १६ हजार पाँच सय
राष्ट्रपति पदमा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) उपाध्यक्षले निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन खर्च बुझाउनुभएको छ ।
राष्ट्रपतिले संविधानबाहिर गएर काम गर्नुहुन्न : नेता रिजाल
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबाहिर गएर राजनीतिक साक्षीको रुपमा काम नगर्ने बताउनुभएको छ।