अमरराज नहर्की
तनहुँ, वैशाख १० गते। आइतबार तनहुँमा भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन्। भानु नगरपालिका –२ नारेश्वरटारस्थित होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयको ‘ग’ बाट सोही ठाउँ निवासी किरियापुत्री सूर्य कुँवरले मतदान गर्नुभएको हो।
बुबा श्याम कुँवर शनिबार निधन भएपछि क्रियापुत्री बस्नुभएको समयमा मतदान गर्नुभएको हो। किरियापुत्रीलाई छुट्टै मतदानको व्यवस्था मिलाइएको मतदान अधिकृत भगवती शर्माले जानकारी दिनुभयो।