प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेट, संसदीय समिति गठनबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो ।
मतदान केन्द्रमा लगिँदै निर्वाचन सामग्री
जिल्ला निर्वाचन कार्यालय तनहुँले वैशाख १० गते तनहुँ –१ मा हुने उपनिर्वाचनको लागि बिहीबारदेखि मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।
स्थानीय तहमा मनपरी नियुक्ति
कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिकाका प्रमुखले आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक व्ययभार थपेका हुन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
‘एमाले नेतृत्वको सरकारले मात्र देशको विकास गर्छ’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दशकमा नभएको काम आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेको दावी गर्नुभएको छ । बारा निर्वाचन क्षेत्र २ मा आयोजित कार्यक्रममा आज उहाँले सो दावी गर्नुभएको हो ।
ठूला दलका नेता अत्तिएका छन् : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका नेताहरु आफूविरुद्ध खनिएको र अभियान देखेर आत्तिएको बताउनुभएको छ । उपनिर्वाचनको चुनावी सभालाई विहीबार भरतपुरमा सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
विधिको शासन अहिलेको आवश्यकता : नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधिको शासन, भ्रष्टाचारमुक्त समाज कायम गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । आज यहाँ आयोजित चुनावी सभामा उहाँले लोकतन्त्र रक्षाका लागि विधिको शासन जरुरी रहेको बताउनुभएको हो ।
हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने
काठमाडौं, वैशाख ७ गते। सरकाले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ। सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो। उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ। पर्यटन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, नेपाल पर्यटन बोर्डका निर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक रहनुभएको छ।त्यसैगरी समितिको अन्य सदस्यमा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष, टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष, पर्यटन विभागका निर्देशक, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष र पर्यटन मन्त्रालयका उपसचिव सदस्यसचिव रहनुभएको छ। रासस
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न : राजस्व किन कम उठ्यो ?
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ।
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
ससरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ।
मतदानस्थलमा कर्मचारी खटिए
चितवन क्षेत्र नं. २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या प्राथमिकतामा पर्नेछन् : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताउनुभएको छ।
सामाजिक सुरक्षा भत्ता खतरामा पर्दैछ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठ नागरिक, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसङ्ख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दाबी गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्रीसहित शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारामा
सत्ता गठबन्धनका शीर्ष नेता वैशाख १० गते हुने उपनिर्वाचनको चुनावी सभामा सक्रिय भएका छन् । बुधबार तनहुँ पुगेका शीर्ष नेता आज बारामा आइपुगेका छन् ।
जितगढी उत्सवमा नेपाल अंग्रेज युद्धको स्मरण
नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुसीयालीमा बिहीबार बुटवलमा जितगढी उत्सव गरिएको छ । वि.सं. १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।
मन्त्रिपरिषद् निर्णय सार्वजनिक (प्रत्यक्ष प्रसारण)
नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ ।
चितवन २ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै
चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरू देखिएका छन् ।
कर्णालीमा चार मन्त्रीको शपथ
कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको हो ।
प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै
प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरू चितवन आउन लाग्नुभएको हो ।
तनहुँ–१ मा त्रिपक्षीय रोचक भिडन्त
यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।